Techie IT
  • २०८० मंसिर २४, आइतबार

त्रिभुवन विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुनल नउडाउन आग्रह


काठमाण्डौं, ५ असोज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुनलगायत नउडाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले आग्रह गरेको छ ।

विमानस्थल नागरिक उड्डयन कार्यालयले आज शुक्रवार एक सूचना निकालेर उडान तथा अवतरणको समयमा पटक–पटक चङ्गा, ड्रोन, बेलुन उडाउने गरेको पाइएको र यसबाट उडान सुरक्षामा गम्भीर असर पर्न सक्नेतर्फ सचेत रहन अनुरोध गरेको हो । चङ्गा, ड्रोन, बेलुन, लेजर लाइटले उडान सुरक्षामा पार्ने जोखिमतर्फ ध्यान दिएर यस्ता गतिविधि नगर्न र नगराउन सम्बन्धित सबैलाई सूचनामार्फत सूचित गरिएको छ ।

साथै प्राधिकरणले अटेर गरी यस्ता काम गरेमा कानुनअनुसार कडा कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट