Techie IT
  • २०८० मंसिर २४, आइतबार

पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’को निधन


काठमाडौं । पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’ को निधन भएको छ । क्यान्सर रोगबाट पीडित उनको गएराति  काठमाडौंको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

२०५६ सालको आम चुनावमा नेपाली कांग्रेसबाट प्रतिनिधि सभामा निर्वाचित भएका उनी केही समय सामान्य प्रशासन मन्त्रीसमेत बनेका थिए । त्यसपछि उनले चुनाव लडेनन । उनी गणतन्त्रका लागि आवाज उठाउने अग्रणी नेताहरुमध्ये एक हुन् ।

रामराजाप्रसाद सिंह नेतृत्त्वको जनवादी मोर्चाले गणतन्त्र नेपालको लक्ष्य राखेर २०४२ साल असारमा नारायणहिटी र सिंहदरबारजस्ता ठाउँमा बम विस्फोट गराएको थियो । उनी त्यतिबेला जनवादी मोर्चाको उपाध्यक्ष थिए। जनवादी मोर्चाबाट उनी नेपाली कांग्रेस प्रवेश गरेका थिए ।

पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनका क्रममा उनी पटक–पटक जेलसमेत परेका थिए  । २०७० सालमा नेपाली कांग्रेस त्यागेर भट्ट माओवादीमा प्रवेश गरेका थिए । पछिल्लो समय उनी नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार थिए।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट