जाजरकोटमा अरिङ्गालले चिलेर एक जनाको मृत्यु

जाजरकोट, ४ असोज । जाजरकोटको कुशे गाउँपालिकामा अरिङ्गालले टोकेर एक जनाको ज्यान गएको छ । कुशे गाउँपालिका –८ जिन्तालाकी ६३ वर्षीया कालिका देवी सिंहको ज्यान गएको हो ।
बाख्रा चराउन गोठालो गएको बेला सय बढी कालो अरिङगालले टोकेर ज्यान गएको वडाध्यक्ष डिल्लीबहादुर सिंहले जानकारी दिए ।
अरिङगालले टोकेर घाइते भएकी सिंहलाई उपचारका लागि बुधबार घरङगा स्वास्थ्य चौकीमा लिइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा दम्दालामा मृत्यस भएको हो।
तपाईको प्रतिक्रिया दिनुहोस