Techie IT
×
गृहपृष्ठसमाचारथप ३३१ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकाका आठ महिलामा देखियो कोरोना

थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकाका आठ महिलामा देखियो कोरोना


काठमाडौं, ६ असार। मुलकभर पछिल्लो २४ घण्टामा ७ हजार ४१६ स्वावको पीसीआर टेस्ट गर्दा थप ३३१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

उपत्यकामा आज भक्तपुरका सात जना महिलामा कोरोना संक्रमण देखिएको छ। शुक्रराज ट्रपिकल अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका सात जना महिलामा कोरोना देखिएको हो। त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौंका एक महिलामा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यससँगै संक्रमितको संख्या नेपालभर ८६०५ पुगेको छ । संक्रमितहरु मध्ये २२ जनाको मृत्यु भएको छ भने १५७८ जना डिस्चार्ज भएका छन् ।पछिल्ला २४ घण्टमा १७६ जना डिस्चार्ज भएका छन्।

पछिल्लो २४ घण्टामा सो संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #hot


तपाईको प्रतिक्रिया दिनुहोस