Techie IT
×
गृहपृष्ठसमाचारअरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकाको मृत्यु

अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकाको मृत्यु


डोटी, १२ कात्तिक । जिल्लाको सायल गाउँपालिका–१ छपालीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही वडाका भिमबहादुर रोकायाकी छोरी पाँच वर्षीया मनीषा र तीन वर्षीया सृजना रोकाया रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

घर नजिकैको रुखमा बसेको अरिङगालले टोकेर गम्भीर घाइते भएका दुबै बालिकालाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको स्थानीयवासी प्रेमबहादुर नेपालीले जानकारी दिए ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश
ट्याग : #aringal, #doti