गृहपृष्ठ ∕
प्रदेश ∕
होम क्वारेन्टाइनमा बिहीबार मृत्यु भएका गुल्मीका पुरुषमा कोरोना पुष्टि
होम क्वारेन्टाइनमा बिहीबार मृत्यु भएका गुल्मीका पुरुषमा कोरोना पुष्टि
तम्घास, ६ असार । गुल्मीमा होम क्वारेन्टाइनमा बिहीबार राती मृत्यु भएका ६९ बर्षिय पुरुषमा कोरोना पुष्टि भएको छ ।
जेठ २५ गते भारतबाट आई होम क्वारेन्टाइनमा बसेका छत्रकोट गाउँपालिका वडा नं ५ का ६९ बर्षिय पूरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यलय गुल्मीका सूचना अधिकारी पशुपति आर्चायले जानकारी दिए।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कोरोना रिपोर्ट पाजेटिभ आएको हो । पहिले देखिनै प्यारालाइसिसको बिरामी रहेका र जेठ २५ गते भारतबाट उपचार गराइ आएकाले उनलाई अलग्गै होम क्वारेन्टाइनमा राखिएको थियो ।
परिवारको सहमति अनुसार शबलाई नेपाली सेना र नेपाल प्रहरीले शुक्रबार बिहान नै ब्यबस्थापन गरेको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए।
गुल्मीमा यो संगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । यसभन्दा पहिले मदाने गाउँपालिका वडा नं ६ पुर्कोटदहका ४१ बर्षिय शिक्षकको रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको थियो भने अर्का धुर्कोट गाउँपालिकाका ३६ बर्षिय पुरुषको तम्घासको आइसोलेशनमा उपचारको क्रममा मृत्यु भएको हो ।
क्याटेगोरी :
प्रदेश,
लुम्बिनी प्रदेश,
समाचार,
स्वास्थ्य
ट्याग : #breaking,
#Corona