Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियअमेरिकासँग जोडिएर आउने मोदीको चाल, मात दिन चीनसँग श्रीलंका ,नेपाल, बंगलादेश ,पाकिस्तानको अग्रता

अमेरिकासँग जोडिएर आउने मोदीको चाल, मात दिन चीनसँग श्रीलंका ,नेपाल, बंगलादेश ,पाकिस्तानको अग्रता


काठमाडौ । अमेरिका र भारतका रक्षा तथा विदेशमन्त्रीबीच भएको नयाँ रक्षा सम्झौताबारे विभिन्न किसिमको टिप्पणी गरिरहेका बेला बेलायती लेखक तथा विश्लेषक टम फाउडीले चीन विरूद्ध अमेरिकासँग मिलेर चाल्ने बाजी उच्च जोखिममा पर्ने टिप्पणी गरेका छन ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र रक्षामन्त्री र्माक एस्परले भारतीय समकक्षी एस जयशंकार तथा राजनाथ सिंहसँग टु प्लस टुको बैठक गरी सो सम्झौता सम्पन्न गरेका हुन । उनीहरूको बैठकको एक्लो एजेन्डा चीन मात्र थियो । भारत र चीनबीच हिमाली क्षेत्रको सीमामा भइरहेको तनावबीच यो सम्झौता भएको हो ।

तर अमेरिकासँगको यो नयाँ सैनिक सम्झौताले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीन विरूद्ध चाल्न खोजेको चाललाई चीनले सहजै मात दिन सक्ने फाउडीको बुझाइरहेको छ । भारत पछि अमेरिकी विदेशमन्त्री पोम्पेओ श्रीलंका र माल्दिभ्स पनि जाने भएका छन । अमेरिकी राष्ट्रपति भवन ह्वाइहाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रतिस्पर्धी जो बाइडनलाई प्रवेश गर्न नदिने गरी राजनीतिक अभियानमा शक्ति पैदा गर्न पोम्पेओको यो दक्षिण एसियाली भ्रमण भएको हो ।

स्पस्ट के पनि छ भने परम्परागतरूपमा भारत असंलग्न आन्दोलनको सदस्य देश हो । तर प्रधानमन्त्री मोदीले अमेरिकी कित्तामा भारतलाई उभ्याउने प्रयास गरिरहेको देखिएको छ । अमेरिकाको इन्डो प्यासिफिक स्ट्रेटजीमा भारतको सहयोग महत्वपूर्ण हुने अमेरिकाको बुझाइ रहेको छ ।

भारतले पनि चीन विरूद्ध अमेरिकाको साथ लिएर अघि बढनुपर्ने बाटो लिएको देखिन्छ । मोदीले भारतलाई चीनको प्रतिस्पर्धामा राख्न र भारतको चरम राष्ट्रवादीको सहयोग प्राप्त गर्न अमेरिकासँगको सम्बन्ध विस्तार गर्नुपर्ने विषयलाई बढी मूल्यांकन गरेका छन ।तर यसमा सावधानी अपनाउनुपर्ने देखिन्छ ।

भारतलाई समस्यामा पार्न चीन अहिले सक्षम छ । भारतको छिमेकीसँगको सम्बन्ध बिग्रिदै गइरहेको छ भने चीनको सम्बन्ध सप्रिदै गएको छ । नेपाल , पाकिस्तान, बंगलादेश र श्रीलंकामा भारतको भन्दा चीनको हात माथि रहेको छ । त्यसैले भारत आफ्ना आसन्न छिमेकीहरूको लडाइँमा फसेको छ ।

मोदीको नेतृत्वमा भारतीय जनता पार्टीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सहयोगले भारतलाई हिन्दु राष्ट्र बनाउन पाउने दृश्य देखेको जस्तो अवस्था छ । गत वर्ष टेक्सासमा मोदी गएका बेला हाउडी मोदीको नारा लागेको थियो । हालै ट्रम्पले भारतको भ्रमण गरी फर्केका छन । तर अमेरिका र भारतबीचको सम्बन्धमा भइरहेको ढिलाइ यी दुबैको सम्बन्ध चीनसँग भएकाले भइरहेको छ ।यस्तोमा अमेरिकाले भारतलाई इन्डो प्यासिफिक रणनीतिमा आफ्नो वर्चस्व काम गर्न उपयोग गर्न खोजेको छ ।

कोभिड–१९ र चीन अमेरिका व्यापार युद्धको यो बेलामा भारतले आफ्नो बजार विस्तार गर्न अमेरिकाको साथ लिएर अघि बढन खोजेको देखाएको छ । मोदीले यस्तो बाटो अपनाएको देखिन्छ ।

तर भारतको अर्थतन्त्र सन् २०२०मा १० प्रतिशतले खुम्चने भएको अन्तर्राष्ट्रिय मुद्रा कोषको पूर्वानुमान रहेको छ । सन् २०२१मा भारतले यो भर्पाइ पूर्णरूपले गर्न नसक्ने अनुमान पनि कोषको रहेको छ । यस्तोमा भारतले चीनलाई पछि पार्नु वा उसको कदम तालसँग कदम ताल मिलाएर खोज्नु सहज होला भन्न सकिदैन ।

यसका अतिरिक्त प्रतिस्पर्धी चीनको तुलनामा पूर्वाधार स्थायित्व र औद्योगिक ताकतको अवस्थामा पनि भारतको कमजोर छ ।

अर्कोतर्फ चीनसँग भारतमाथिको रणनीतिक हैसियत बढी रहेको छ । चीनले नेपाल ,पाकिस्तान, इरान , श्रीलंकामा विश्वसनीय लगानीको रणनीति तयार गरेको छ । यस्तोमा भाजपा वा मोदीले चाल्ने कुनै पनि चाललाई चीनले कुनै बेला भारतलाई चालमात दिन सक्छ । भारत र अमेरिकाबीच भएको रक्षा सम्झौताका बारेमा फाउडी भन्छ मोदीले चीनसँगको प्रतिस्पर्धामा ठूलो बाजी थापेका छन । उनका अगाडि चालमात रोक्न कुनै कोठा बाँकी जस्तो देखिदेन । भारतलाई चाल मात रोक्न कोठा बनाउन आवश्यकता रहेको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थ, राजनीति, समाचार
ट्याग : #breaking