Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियसिरानीमा डलर राखेर व्यापार गर्दै युरेसियाली देशहरू

सिरानीमा डलर राखेर व्यापार गर्दै युरेसियाली देशहरू


काठमाडौ । युरोप एसिया आर्थिक युनियन(इएइयु) सोभियत संघ पछिको अवस्थामा युरोपको एक क्षेत्रमा सहभागी देशहरूले एकआपसमा र चीनसँग युरो र डलरको ठाउँमा आ–आफ्ना मुद्रामा व्यापार गर्न शुरू गर्नु पर्ने भएको छ ।

सोमबार उनीहरूबीच यस्तो सहमति बनेको छ ।इएइयुका पाँच सदस्य देशहरू र चीनका राज्यहरूको भर्चुअल बैठकमा यो निर्णय गरियो ।सनु २०१०मा अर्मेनिया, बेलारुस, कजाख्स्तान, किर्गीस्तान र रूस मिलेर इएइयु बनाइएको थियो । यी पाँचको सम्बन्ध हालका वर्षहरूमा एसियाली देशहरूमा विशेष गरी चीनसँग निकटतम बन्न पुगेको छ ।

युरोसियन इकोनोमिक कमिसनका मन्त्री सर्जेइ ग्लाजेभले भने “ बढ्दो जोखिम कम गर्न हामीले आफ्ना राष्ट्रिय मुद्राहरूको प्रयोग गर्नै पर्छ । यो काम जारी रहेको छ ।” यी देशहरूमा गरिने भुक्तानी स्थानीय मुद्रामा हुने गर्छ चीन र रूससँगको व्यापारमा रूबल र युयानमा हुने गर्छ ।

चीनसँग हुने व्यापारको भुक्तानी साझेदारी १५ प्रतिशत भन्दा कम रहेको छ ।

सन् २०२०को पहिलो त्रैमासिकमा रूस र चीनबीचको व्यापारमा डलरको प्रयोग ५० प्रतिशत भन्दा तल पहिलो पटक भएको देखियो । यो ४६ प्रतिशतमा झ¥यो ।

सन् २०१८मा डलर भुक्तानीको हिस्सा ७५ प्रतिशत थियो । सन् २०१५मा अमेरिकी मुद्राले रूस र चीनबीचको भुक्तानी डलरमा हुँदा ९० प्रतिशतको हिस्सा ओगटेको थियो । डलरबाट टाढिने भएपनि विदेशी मुद्रामा हुने व्यापार अझ बलियो अवस्थामा रहेको छ ।

डलरको प्रयोगमा भइरहेको कमी अमेरिका चीन बीचको व्यापार युद्धका कारण भएको भन्ने गरिएको छ । सन् २०१४मा क्राइमिया विवादका कारण रूस विरूद्ध पश्चिमा देशहरूले आर्थिक नाकाबन्दी लगाएपछि रूसले डलर घटाउने नीति लिएको थियो । व्यापार युद्ध पछि चीनले पनि यो बाटो अपनायो । व्यापारमा डलरको प्रयोगबाट अतिरिक्त लागत तिर्नुपर्ने अवस्था थियो ।

अमेरिकी डलर विरूद्धको वित्तीय गठबन्धनको निर्माण हुन सक्ने सम्भावनाबारे विज्ञहरूले चर्चा गर्न थालेका छन ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थ, राजनीति, समाचार
ट्याग : #breaking