संविधान दिवसको अवसरमा राष्ट्रपति पौडेलद्वारा ६७० जनाको कैद सजाय माफी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ६७० जनाको कैद सजाय माफी गरेका छन् । संविधान दिवसको अवसरमा राष्ट्रपति पौडेलले मंगलबार ६७० जनाको कैदको सजाय माफी गरेका हुन् ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी गरिएको विज्ञप्तिमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिस अनुसार बुधबारदेखि लागू हुनेगरी उनीहरुको कैदको सजाय माफी गरेको उल्लेख गरिएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस