Techie IT
  • २०८० असोज ७, आइतबार

एसियाली खेलकुदः पुरुष भलिबलतर्फ नेपाल बहराइनसँग पराजित


काठमाण्डौं, २ असोज । १९ औँ एसियाली खेलकुदमा पुरुष भलिबलतर्फ नेपाल बहराइनसँग पराजित भएको छ ।

चीनको हाङझाउमा भएको खेलमा नेपाल आफ्नो पहिलो खेलमा बहराइनसँग नेपाल ३–१ ले पराजित भएको हो । पहिलो सेटमा नेपाल २५–२० ले विजयी भए पनि त्यसपछि लगातार ३ सेट गुमाएको हो । दोस्रो सेटमा नेपाल २५(२०, तेस्रो सेटमा २५–१८ र चौथो सेटमा २५१५ ले पराजित भयो ।

नेपालले अर्को खेलमा पर्सि बुधवार इरानसँग खेल्नेछ । यो खेल हारेमा नेपाल समूह चरणबाट बाहिरिनेछ ।

एसियाली खेलकुदको उद्घाटन समारोह सेप्टेम्बर २३ तारिखमा हुने भए पनि भलिबल, फुटबल र क्रिकेटका खेल आजदेखि नै शुरु भएका छन् । यस पटकको प्रतियोगितामा कुल ४० खेलमा एसियाका ४५ देशका १२ हजार चार सय १७ जना खेलाडीले प्रतिपर्धा गर्दैछन् । नेपालबाट २९ खेलका लागि दुई सय ५३ जना खेलाडी सहभागी छन् ।

कोभिड–१९ महामारीका कारण १९ औँ संस्करणको एसियाली खेलकुद एक वर्ष पछाडि धकेलिएको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट