Techie IT
×
गृहपृष्ठसमाचारथप ५७० जनामा कोरोना सङ्क्रमण पुष्टि, १४ जनाको मृत्यु

थप ५७० जनामा कोरोना सङ्क्रमण पुष्टि, १४ जनाको मृत्यु


काठमाडौं, ११ कात्तिक । पछिल्लो चौबीस घण्टामा ५७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपालमा पछिल्लो करिब दुई महिना यताकै सबैभन्दा कम कोरोनाभाइरसका सङ्क्रमितको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दुई हजार ७२५ जनाको पीसीआर परीक्षण गरिएकोमा ५७० जनामा सङ्क्रमणको पुष्टि भएको हो । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ६० हजार ४०० पुगेको छ । हाल ४० ह्जार ६८१ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा तीन हजार १६८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म एक लाख १८ हजार ८४३ सङ्क्रमित निको भएर घर फर्केका छन् । त्यसैगरी, पछिल्लो चौबीस घण्टामा १४ जना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ८७६ पुगेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #Corona