Techie IT
  • ७ माघ २०८१, सोमबार
Jhilko

कोरोना संक्रमणबाट संविधानसभा सदस्य चौधरीको निधन


सप्तरी, ११ कार्तिक । कोरोना संक्रमणका कारण नेकपाका नेता तथा संबिधानसभा सदस्य मानपुर चौधरीको आज निधन भएको छ ।

सप्तरीको कञ्चनरुप नगरपालिका ४ जगतपुर निवासी ५५ बर्षीय संविधानसभा सदस्य चौधरीको उपचारको क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा आज निधन भएको हो ।

उच्च ज्वरोबाट पीडित चौधरीलाई श्वास प्रश्वासमा समस्या देखिएपछि गत असोज तेश्रो साता उपचारका लागि बिराटनगरस्थित कोशी अञ्चल अस्पताल लगिएको थियो । त्यहाँ पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको थिएन ।

मधुमेह र उच्च रक्तचापबाट समेत पीडित बिराटनगरबाट उनलाई घर ल्याए पनि पुनः बिरामी भएपश्चात गत कार्तिक २ गते उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको थियो । त्यहाँ पीसीआर परिक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमित भएपछि उनलाई प्रतिष्ठानको कोभिड अस्पतालको आइसोलेसनमा उपचार हुँदाहुँदै आज निधन भएको कञ्चनरुप नगरपालिकाका नगरप्रमुख बसन्त मिश्रले जानकारी दिए । चौधरी गत २०७० सालको दोश्रो संबिधानसभाको निर्वाचनमा सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।

पोखरीमा दाजुभाइको शव फेला

सिरहाको नरहा गाउँपालिकाका एकै परिवारका दुई दाजुभाइको शव पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको छ ।

घरबाट बेपता भएका नरहा गाउँपालिका ३ खोरिया निवासी गुलजार सेखका १० बर्षीय छोरा अनजार र ८ बर्षीय छोरा यहसानको शव पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको हो ।

हिजो सोमवार दिउँसो ३ बजेदेखि बेपता दुबै दाजुभाइको शव गाउँदेखि करिव सात सय मिटर पश्चिममा रहेको पोखरीमा फेला परेको प्रहरीले जनाएको छ ।

माछा मार्ने वा नुहाउन क्रममा पोखरीमा पसेको र त्यसैमा डुबेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट