Techie IT
  • २०८० असोज ७, आइतबार

आन्दाेलन स्थगित गरेर वार्तामा आउन शिक्षकहरूलाई मन्त्रालयकाे आग्रह


काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय बन्द र आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्तामा आउन शिक्षकहरूलाई आग्रह गर्दछ ।

मन्त्रालयका सहसचिव भगवान् अर्यालले आज सोमवार विज्ञप्ति निकालेर भोलि मङ्गलवार दिउँसो ३ बजे मन्त्रालयमा हुने वार्तामा आउन शिक्षकहरूलाई आग्रह गरेका हुन् । विधेयकलाई अन्तिम रूप दिनुअघि नेपाल शिक्षक महासङ्घका पदाधिकारीसँग विभिन्न चरणमा छलफल भएको र महासङ्घले पेस गरेका विद्यालय शिक्षक तथा कर्मचारीको पेसागत हकहितसँग सम्बन्धित सुझावहरूलाई यथाशक्य विधेयकमा समावेश गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यही विधेयकलाई लिएर महासङ्घले पर्सि बुधवारदेखि विद्यालय बन्द र आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । विधेयक शिक्षकहरूको हकहित विपरीत भएको भन्दै महासङ्घले आन्दोलनको घोषणा गरेको हो ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट