अछाममा नदीमा डुबेर किशोरीको ज्यान गयो
अछाम, ११ कात्तिक । अछाममा नदीमा नुहाउने क्रममा डुबेर किशोरीको ज्यान गएको छ ।
अछामको साँफेबगर नगरपालिका वडा नम्बर १ कालिमाटीकी २० वर्षकी हेमन्त बयकको बुढीगंगा नदीमा नुहाउने क्रममा डुबेर ज्यान गएको अछामका प्रहरी प्रमुख डीएसपी योगेन्द्रसिंह थापाले जानकारी दिए ।
सोमबार बिहान दशैँको टीका लगाउनु अघि नुहाउन गएकी किशोरी नदीको भंगालोमा परी बेपत्ता भएकी र पछि शव भेटिएको उनले बताए । किशोरीको शव मंगलसैन नगरपालिका र चौरपाटी गाउँपालिकाको सीमा क्षेत्र चित्रे नजिकै भेटिएको हो ।
क्याटेगोरी :
समाचार,
सुदूरपश्चिम प्रदेश