Techie IT
  • २०८० असोज ७, आइतबार

नारायणीमा डुबेर दाजुभाइको मृत्यु


नवलपरासी । नारायणी नदीमा डुबेर एकै घरका दाजुभाइको मृत्यु भएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैँडाकोट नगरपालिका–७ का सबिन कुमाल र सङ्गम कुमालको नारायणीमा डुबेर ज्यान गएको हो ।

आज सोमवार दिउँसो नारायणीमा पौडी खेल्ने क्रममा गैँडाकोट नगरपालिका–७ गैरी बस्ने सुमन कुमालका छोराहरू १४ वर्षीय सबिन र नौ वर्षीय सङ्गमको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब निरीक्षक बेदबहादुर पौडेलले बताए ।

नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका दुवै जनाको उद्धार गरी उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएकामा डाक्टरले मृत घोषणा गरेका थिए ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट