Techie IT
  • २०८० असोज ७, आइतबार

सर्पको डसाइबाट दैलेखमा एक किशोरीको ज्यान गयो


दैलेख, १ असोज । सर्पको डसाइबाट दैलेखमा एक किशोरीको ज्यान गएको छ । ज्यान जानेमा ठाटीकाँध गाउँपालिका–१ नुआवनकी १७ वर्षीया कल्पना शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक दिपकसिंह बिष्टले जानकारी दिए ।

घरमा बसिरहेका बेला सर्पले खुट्टामा डसेलगत्तै छिमेकमा झारफुक गराउन लगेकोमा स्वास्थ्यमा झनै समस्या भएपछि अस्पताल लैजाँदै गर्दा किशोरीको ज्यान गएको प्रहरीको भनाइ छ ।

किशोरीका बुबा धर्मराज रोजगारीका लागि भारतमा र उनका दाजु निराजन शाही अध्ययनको सिलसिलामा काठमाण्डौमा छन् । आमाका साथ घरमा बस्दै आएकी किशोरी कृष्ण माध्यमिक विद्यालय लकान्द्रमा कक्षा ९ मा पढ्दै थिइन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट