पाँचथरमा भूकम्पको धक्का महसुस

काठमाडौं, १ असोज । पाँचथरमा भूकम्पको धक्का महसुस गरिएको छ ।
सोमबार बिहान (आइतबार राति) १२ बजेर ४८ मिनेटमा पाँचथरको आङना केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार यो परकम्प नभएर नयाँ भूकम्प हो ।
तपाईको प्रतिक्रिया दिनुहोस