Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियबेल्जियममा कोरोना संक्रमित डाक्टरलाई काम जारी राख्न अनुमति

बेल्जियममा कोरोना संक्रमित डाक्टरलाई काम जारी राख्न अनुमति


काठमाडौ । बेल्जियममा त्यहाँका संक्रमित डाक्टरलाई कोरोनाभाइरसका बिरामीमा उपचार गर्ने कार्य जारी राख्न भनिएको छ ।

त्यहाँको एक चौथाई चिकित्साकर्मीहरू कोभिड–१९बाट संक्रमित भएका छन ।

बेल्जियमका १० अस्पतालले लक्षण नभएका स्वास्थ्यकर्मीहरूलाई बिरामीको उपचार गर्ने काम जारी राख्न आग्रह गरेका छन ।

बेल्जियमको असोसिएसन अफ मेडिकल युनियनले बिबिसीलाई जनाए अनुसार संक्रमित चिकित्सा स्वास्थ्यकर्मीहरूलाई अस्पतालमा काम गर्न नदिए अस्पताल सञ्चालन प्रणाली ध्वस्त भइहाल्ने भएकाले कुनै विकल्प बाँकी नभएर काम जारी गर्न आग्रह गरिएको हो ।

अस्पतालहरूले आकस्मिक र गैर सर्जरीका बिरामीलाई अन्यत्र पठाइरहेका छन । स्वास्थ्य मन्त्री फ्रान्क भान्डेब्रोकले संक्रमितहरूको सुनामी देशमा आउन लागेको चेतावनी दिएका छन । कोरोना हाम्रो नियन्त्रणबाट बाहिर गइरहेको उनले जनाए ।

युरोप भरिका सरकारहरूले कोरोनाको अर्को लहरको नियन्त्रणमा जुटेका बेला बेल्जियममा यस्तो निर्णय आएको हो । डब्लुएचओले नयाँ प्रेस सम्मेलनमा यात्रा बन्देज लगाइ घर बस्नुपर्ने आग्रह गरेको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य
ट्याग : #breaking