Techie IT
  • २०८० असोज ७, आइतबार

विश्व च्याम्पियनसिपमा भारोत्तोलन खेलाडी सागर भण्डारीको कीर्तिमान


काठमाडौं, १ भदौ । नेपाली भारोत्तोलन खेलाडी सागर भण्डारीले आईडब्लुएफ विश्व च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

पुरुष १०९ केजी तौलसमूहमा सागरले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा गरी ३ नयाँ राष्ट्रिय कीर्तिमान बनाएको नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले जनाएका छन् ।

सागरले स्न्याचमा १२८ केजी, क्लिन एन्ड जर्कमा १६३ र कुलमा २९१ केजी तौल उठाउदै आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरे । यसअघि स्न्याचमा १२२, क्लिन एन्ड जर्कमा १६२ र कुलमा २८४ केजीको कीर्तिमान सागरकै नाममा थियो ।

सोही प्रतियोगितामा सागरअघि विकास भट्ट र विशालसिंह विष्टले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा गरी समान ३–३ राष्ट्रिय कीर्तिमान कायम गरेका थिए । दुवै खेलाडीले पनि आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरेका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट