Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियबोलिभियाको अदालतद्वारा पूर्व राष्ट्रपति इभो विरूद्ध आतंकवादी अभियोग खारेज

बोलिभियाको अदालतद्वारा पूर्व राष्ट्रपति इभो विरूद्ध आतंकवादी अभियोग खारेज


काठमाडौ । बोलिभियाको ला पासस्थित क्षेत्रीय अदालतले पूर्व राष्ट्रपति इभो मोराल्स विरूद्ध लगाइएको आतंकवादसम्बन्धी अभियोगलाई खारेज गरी उनको खोजतलाश आदेश फिर्ता लिएको छ ।

फैसलामा पूर्व राष्ट्रपतिका अधिकारहरूको हनन भएको र न्यायिक प्रक्रिया मिचिएको उल्लेख गरिएको छ ।

इभोका वकिलले दायर गरेको आग्रहमा न्यायाधीश जोर्ज किनोका अगुवाइमा गठित इजलासले यस्तो जनाएको हो ।

तर अदालतको यो फैसलाको अर्थ पूर्व राष्ट्रपति इभो सुरक्षित स्वदेश फर्किन पाउने होइन । यो फैसला पुरिनेशनल कन्स्टिच्युनल कोर्टले अनुमोदन नगरेसम्म उनको स्वदेश फकाई वैधानिकरूपले सम्भव नहुने देखिएको छ ।

सन् २०१९को डिसेम्बरमा बोलिभियाको महान्यायाधिवक्ताद्वारा मोरोल्स विरूद्ध वारन्ट जारी गरिएको थियो । यो आदेश गत वर्ष राजनीतिक उथलपुथल पछि गठिन दक्षिणपन्थी सिनेटर जिनाइन एन्डेजले अन्तरिम राष्ट्रपति पदको सपथ लिएपछि जारी गरिएको थियो ।

१४ वर्ष राष्ट्रपति भएर सत्ता सम्हालेका इभो विरूद्ध चुनावमा धाँधली गरेको आरोप लगाइ आन्दोलन चर्किएपछि उनी निर्वासनमा जानु परेको थियो । मेक्सिको हुँदै हाल अर्जेन्टिनामा निर्वासनको जीवन बिताइरहेका छन । इभोको अनुपस्थितिमा उनको पार्टी मुभमेन्ट टुवार्ड सोसलिज्मले हालै सम्पन्न निर्वाचनबाट दुबै सदनमा बहुमत साथ उनका समर्थक लुइस आर्स राष्ट्रपतिमा विजय हासिल गरेका हुन ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, राजनीति, समाचार
ट्याग : #breaking