Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियसर्वोच्चको नवौं न्यायाधीशको रूपमा अनुमोदित ट्रम्प मनोनित एमीको सपथ ग्रहण हुँदै

सर्वोच्चको नवौं न्यायाधीशको रूपमा अनुमोदित ट्रम्प मनोनित एमीको सपथ ग्रहण हुँदै


काठमाडौ । अमेरिकाको सिनेटले ट्रम्पले सर्वोच्च अदालतमा रिक्तरहेको नवौं न्यायाधीशको पदमा मनोनयत गरेका व्यक्ति एमी कोनी ब्यारेटलाई अनुमोदन गरेको छ ।

सर्वोच्चकी न्यायाधीश रुथ बाडर गिन्सबर्गको निधनबाट खाली हुन पुगेको ठाउँमा चुनाव अघि न्यायाधीश नियुक्त गर्ने अडानमा रहेका ट्र्म्पले एमीलाई छनौट गरेका थिए ।

एमीको नाउँमा मतदान भएको थियो । एमीको पक्षमा ५२ मत र विपक्षमा ४८मत प्राप्त भएको थियो ।

रिपब्लिकन सिनेट सुसन कोलिनले मात्र एकीको विरोधमा मतदान गरेकी थिइन । उनको सपथ ग्रहण न्यायाधीश क्लारन्स थमसको अध्यक्षमा अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसमा मंगलबार साँझ तय गरिएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, राजनीति, समाचार



सम्बन्धित समाचार