Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियअलिबाबाका संस्थापक ज्याक माद्वारा अहिलेसम्मकै सबैभन्दा ठूलो आइपिओ कम्पनी ल्याउने घोषणा

अलिबाबाका संस्थापक ज्याक माद्वारा अहिलेसम्मकै सबैभन्दा ठूलो आइपिओ कम्पनी ल्याउने घोषणा


काठमाडौ । चिनियाँ कम्पनी अलिबाबाका संस्थापक ज्याक माले अहिलेसम्मकै सबै भन्दा ठूलो आपिओ कम्पनी ल्याउने घोषणा गरेका छन ।

संघाई र हङकङमा उनको एन्ट ग्रुपले खोल्ने आइपिओले विश्व इतिहास रच्ने उनले खुलाएका छन ।

एन्ट ग्रुपले दुबै ठाउँमा आइपिओ सार्वजनिक गरी ३४.५ अर्ब अमेरिकी डलर बराबरको रकम संकलन गर्ने अपेक्षा गरेको छ ।यो कम्पनीको शेयर मूल्य तरी यो रकम संकलन गर्ने अपेक्षा गरिएको छ ।

चिनियाँ अर्बपति ज्याकले न्युयोर्क बाहिर यस्तो ठूलो कम्पनी सार्वजनिक कम्पनीको रूपमा सूचीकृत हुने पहिलो पटक भइरहेको बताए ।

पाँच वर्ष अघि आफूले यति ठूलो सहास गर्ने थिइन भन्दै उनले भने यो आफैमा चमत्कार हो । अहिलेसम्म सबै भन्दा ठूलो कम्पनीको रूपमा साउदी अरामकोको थियो । गत डिसेम्बरमा यसले २९.४ अर्ब अमेरिकी डलरको रेकर्ड कायम गरेको थियो ।

अलिपेको माउ कम्पनीको रूपमा रहेको एन्ट विश्वको सर्वाधिक मूल्यवान कम्पनी मध्येको एक हो । कम्पनीले चीनको सेवा उद्योगलाई डिजिटलीकरण गर्ने लक्ष्यलाई पूरा गर्ने र चीनको आन्तरिक मागलाई बढाउने विश्वास लिएको छ ।

एन्ट ग्रुपमा अलिबाबाको ३३ प्रतिशत शेयर रहेको छ ।अलिबाबा २५ अर्ब अमेरिकी डलर बराबरको आइपिओ कम्पनी खोलेका बेला इतिहासकै सबै भन्दा ठूला कम्पनी मध्येको एक थियो । यसको बजार पूँजीकरण बढेर ८ खर्ब ३१ अर्ब अमेरिकी डलर बराबरको रहेको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थ, समाचार
ट्याग : #breaking, #hot