Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियभेनेजुएलाले बनाएको साइड इफेक्ट नहुने शतप्रतिशत कोभिड हटाउने औषधिलाई प्रमाणिकताका लागि डब्लुएचओमा पठाउने

भेनेजुएलाले बनाएको साइड इफेक्ट नहुने शतप्रतिशत कोभिड हटाउने औषधिलाई प्रमाणिकताका लागि डब्लुएचओमा पठाउने


काठमाडौ । भेनेजुएली वैज्ञानिकहरूले कुनै साइड इफेक्ट नहुने शतप्रतिशत कोभिड हटाउने एक उच्च असरदार भाइरस प्रतिरोधी ‘एन्टीभाइरल’ औषधि तयार पारेका छन ।

भेनेजुएली राष्ट्रपति निकोलस मदुरोले यो औषधिको प्रमाणिकताका लागि डब्लुएचओमा पठाइने बताएका छन ।

“ भेनेजुएलाले विकास गरेको सो उच्च असरदार एन्टीभाइरल औषधिले कोरोनाभाइरसलाई शतप्रतिशत मार्छ ” औषधिबारे जानकारी दिँदै मदुरोले भने । भेनेजुएलान इन्स्टिच्युट फर साइन्टिफिक रिसर्च(आइभिआइसी)ले तयार पारेको हो । यो औषधिले विगत ६ महिना देखि भाइरस मार्ने काम गरिरहेको उनले जनाए ।

यो औषधि टिआर–१० भनिएको अणुकणबाट बनाइएको छ । जब यसलाई छुट्टयाएर भाइरस विरूद्ध प्रयोग गरियो यसले ठोस असर गरेको मदुरोले दाबी गरे ।

मदुरोले यो अध्ययनको विज्ञ तथा वैज्ञानिकहरूद्वारा पुनरावलोकन गरिसकिएको छ । अब यसलाई डब्लुएचओबाट चाहिने प्रमाणिकताका लागि प्रस्तुत गरिने छ ।

मदुरोले भनेजुएलाले यो उपचार विश्वलाई दिने तयारी गरिरहेको र भेनेजुएलाले मानवताका लागि गरेको यो महान योगदानका लागि वैज्ञानिकहरूलाई बधाइ दिए । यो औषधिको ठूलो परिमाण उत्पादन गर्न अन्तर्राष्ट्रिय गठबन्धनको सहयोग लिइने उनले जनाए ।

भेनेजुएली वैज्ञानिक प्रतिष्ठानले यो नयाँ औषधि पूर्णरूपमा सुरक्षित रहेको दाबी गरेको छ ।भेनेजुएली कोरोना संक्रमितबाट लिइएको भाइरस कोषमाथि यो अध्ययन गरिएको थियो । अणुकण अरसोलिक एसिडबाट निकालिएको छ ।

यो महिनाको शुरूमा भेनेजुएला रूसमा बनेको स्पुतनिक भी कोभिड–१९को भ्याक्सिन लिने पहिलो देश बनेको थियो । अगसटमा रूसले यो भ्याक्सिन दर्ता गरेको पहिलो देश बनेको थियो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, विज्ञान, समाचार, स्वास्थ्य
ट्याग : #breaking, #hot