Techie IT
  • २०८० असोज ७, आइतबार

विराटनगरमा २ महिनाका लागि निषेधित क्षेत्र घाेषणा


काठमाडौं । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा दुई महिनाका लागि निषेधित क्षेत्र घोषणा गरेको छ ।

प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जरुरी सूचना निकालेर भोलि सोमवार बिहान ६ बजेदेखि सर्वसाधारण तथा गाडी आवातजावातबाहेक सभा, जुलुस, भेला, र्‍याली, धर्नालगायतका गतिविधि गर्न रोक लगाएको जानकारी गराएका हुन्।

सूचनामा विराटनगरमा रहेको प्रदेश सभा, मुख्यमन्त्री कार्यालय, मुख्यमन्त्री निवास, प्रदेश प्रमुखको कार्यालय तथा निवास, जिल्ला प्रशासन कार्यालयलगायतको आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ ।

कोशी प्रदेशको नामकरणको विषयलाई लिएर पहिचानवादीहरूले आन्दोलन गर्दै आएका छन् । उनीहरूले संविधान दिवसको अवसर पारेर विराटनगरमा प्रदर्शनको तयारी गरेका बेला प्रशासन कार्यालयले निषेधित क्षेत्र घोषणा गरेको हो ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट