Techie IT
×
गृहपृष्ठसमाचारप्रधानमन्त्री ओलीले लगाएनन् टिका

प्रधानमन्त्री ओलीले लगाएनन् टिका


काठमाडौं, १० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष विजया दशमीको दिन टीका लगाएनन् । बुबा मोहनप्रसाद ओली झापामा भएकाले उनले यस वर्ष टीका लगाउन नपाएका हुन् ।

सोमबार विजया दशमीको दिन प्रधानमन्त्री निवास बालुवाटारमा उनले पत्नी राधिका शाक्यलाई टीका लगाइदिए । त्यसबाहेक बालुवाटारमा अरु टीकाको कार्यक्रम नभएको बालुवाटार श्रोतले जनाएको छ ।

‘यसपाली बडादसैँलाई कोभिड– १९ का कारण पारिवारिक रुपमामात्रै बनाउन प्रधानमन्त्रीले देशवासीको नाममा संबोधन गर्दै विशेष आग्रह गर्नुभएको विदितै छ’ थापाले भने ‘उहाँले प्रधानमन्त्री निवासमा सार्वजनिक दसैँ टीका कार्यक्रम नराख्नसमेत निर्देशन दिनुभएको छ ।’


क्याटेगोरी : समाचार
ट्याग : #hot