सोलुखुम्बुमा भालुको आक्रमणबाट एक जनाको मृत्यु

सोलुखुम्बु, ३१ भदौ । सोलुखुम्बुमा भालुको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
महाकुलुङ गाउँपालिका १ खिरौले निवासी ५३ वर्षीय पेम्बा शेर्पाको भालुको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार शनिबार साँझ घर नजिकैको मकै बारीमा शेर्पालाई भालुले आक्रमण गरेको थियो।
भालुको आक्रमणबाट गम्भीर घाइते भएका शेर्पाको स्थानीय अस्पतालमा उपचारको क्रममा शनिबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ। शुक्रबार राति शेर्पाको मकै बालीमा भालुले व्यापक क्षति गरेको थियो। शनिबार दिउँसो भालु रुँग्न गएका शेर्पालाई बारी नजिकै झाडीमा लुकेर बसेको भालुले आक्रमण गरेको स्थानीयले जनाएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस