Techie IT
  • २०८१ वैशाख ११, मंगलबार

हिमाल आरोहणका लागि तीन सय ३९ जनाले लिए अनुमति


काठमाण्डौं, ३१ भदौ । शरद्कालीन सिजनमा नेपालका हिमाल आरोहणका लागि तीन सय ३९ जनाले अनुमति लिएका छन् ।

अहिलेसम्म १० वटा हिमाल आरोहणका लागि ३५ वटा समूहका तीन सय ३९ जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ । जसमा ७३ जना महिला आरोही छन् । आरोहण अनुमतिबापत सरकारले तीन करोड ६५ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

सबैभन्दा धेरै मनास्लु हिमालबाट तीन करोड ४० लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । मनास्लु हिमाल आरोहणका लागि तीन सय एक जनाले आरोहण अनुमति लिएका छन् । सबैभन्दा कम होमलुङ, नेमजुङ र थापा पिकका लागि दुईदुई जनाले अनुमति लिएका छन् ।

शरद्कालमा हिमाल आरोहण अनुमति लिनेमा सबैभन्दा धेरै चीनका ४९ जनासहित ४७ देशका नागरिक रहेका छन् । नेपालका तीन जनाले अनुमति लिएका छन् ।

वसन्तकालीन र शरद्कालीन गरी दुई वटा सिजनमा नेपालका हिमालमा आरोहण हुने गरेको छ । तुलनात्मक रूपमा वसन्तकालमा आरोहीहरूको सङ्ख्या बढी हुन्छ । आरोहण क्षेत्रमा चर्चित सगरमाथामा शरद् याममा बिरलै मात्र आरोहण हुने गरेको छ । शरद् ऋतुमा विशेषगरी गोरखाको मनास्लु हिमाल आरोहीको रोजाइमा पर्ने गरेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट