Techie IT
  • २०८० मंसिर २५, सोमबार

दुई महिनादेखि थन्किएको नेपाल एअरलाइन्सको न्यारोबडी जहाज मर्मतका लागि इजरायल लगिँदै


काठमाण्डौं, ३१ भदौ । इन्जिनमा समस्या आउँदा दुई महिनादेखि थन्किएको नेपाल एअरलाइन्सको न्यारोबडी जहाज नाइन एन एकेएक्स जहाज मर्मतका लागि आज आइतवार इजरायल जाने भएको छ ।

इन्जिनको वोरोस्कोपमा समस्या आउँदा गएको असार ३१ गतेदेखि थन्किएको जहाज आज लिजसहितको इन्जिन मर्मतका लागि इजरायल जाने र आउँदो असोजको ५ गते नेपाल आइपुग्ने नेपाल वायु सेवा निगमले जनाएको छ । निगमले इजरायल एरोस्पेस इन्डस्ट्रिजसँग सम्झौता गरिसकेको छ ।

निगमका जहाज पटक–पटक बिग्रने तर तत्कालै मर्मत नहुँदा करोडौँ रुपैयाँ नोक्सानी हुँदै आएको छ । पछिल्लो २० महिनामा निगमका दुई वटा न्यारोबडी जहाज दुई सय २२ दिन ग्राउन्डेड भएका छन् । यी जहाजको मर्मतमा डेढ अर्ब रुपैयाँ खर्च भइसकेको छ भने साढे दुई अर्ब रुपैयाँ आम्दानी गुमेको निगम स्रोतले जनाएको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट