Techie IT
  • २०८० असोज १७, बुधबार

दाङमा माइक्रोले अटोलाई ठक्कर दिँदा एक जनाको ज्यान गयो


दाङ, ३१ भदौ । दाङको टरिगाउ एअरपोर्ट नजिकै माइक्रोले अटोलाई ठक्कर दिँदा एक जनाको ज्यान  गएको छ ।

तुलसीपुर उपहानगरपालिका वडा नम्बर ६ गोलौराका १३ वर्षका दामोदर भण्डारीको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

बिहान रा १ ह ४४५९ को अटोलाई लु २ ख ५९१८ नम्बरको माइक्रोले एअरपोर्ट नजिकै स्टारबोर्डिङ चोकमा ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएका पाँच जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट