तलिबानलाई रकम दिएर अमेरिकी सेना मार्न लगाएको आरोप बकबास
काठमाडौ । अफगानिस्तानमा अमेरिकी सेनाको उपस्थिति रूसी हितका लागि फलदायी भएको भन्दै रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले तलिबानलाई रकम दिएर अमेरिकी सेना मार्न लगाएको आरोप बकबास भएको बताएका छन ।
रूसले लामो समयदेखि अफगानिस्तानमा अमेरिकी सेनाका लागि सहयोगी बन्दै आएको र यसले रूसको राष्ट्रिय हितहरूको यो क्षेत्रमा सहयोग गरेको रूसको बुझाइ रहेको पुटिनले आइतबार बताए ।
रोसिया वन टेलिभिजनलाई दिएको अन्तर्वार्तामा प्रश्नको जवाफ दिँदै पुटिनले यस्तो बताएका हुन ।
अमेरिकी मिडियामा रूसले तलिबान लडाकुलाई रकम दिएर अमेरिकी सेना मार्न लगाएको समाचार प्रसारण भइरहेको विषयमा यो प्रश्न सोधिएको थियो ।
क्याटेगोरी :
अन्तर्राष्ट्रिय,
राजनीति,
समाचार
ट्याग : #breaking