Techie IT
  • २०८० चैत्र १६, शुक्रबार

स्वास्थ्य मन्त्रालयमा वार्ता सुरु


काठमाडौं, ३१ भदौ । स्वास्थ्य मन्त्रालयमा भइरहेको वार्तामा नेपाल चिकित्सक संघका तर्फबाट वार्तामा अध्यक्ष डा. अनिलविक्रम कार्की, उपाध्यक्ष डा. बद्री रिजाल, महासचिव डा. सन्जिव तिवारी, सहसचिव डा. लेसियन महर्जन र केन्द्रीय सदस्यहरूको सहभागिता रहेको स्रोतले जानकारी दिएको छ ।

यस्तै सरकारको तर्फबाट डा. विकास देवकोटाको संयोजकत्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिवको टोली सहभागी छ ।

हेटौँडास्थित सन्चो अस्पतालमा दुई जना डाक्टरहरू कुटिएको विषयमा प्रशासनले देखाएको रवैयाको विरोध गर्दै संघले आन्दोलनका कार्यक्रम अगाडि सारेको थियो । यसै क्रममा आइतबार देशभरका आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा ठप्प पारिएको छ ।

मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा यस विवादको समाधान वार्ताबाट गर्न मन्त्रालय तत्पर रहेको बताइएको छ । चिकित्सक संघले विभिन्न ६ बुँदे माग अगाडि सार्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट