किसानलाई सहयोग गर्न सरकारले पहल गर्नुपर्छ : सुष्पा भुजेल

काठमाडौं, ३१ भदौ । बागमती प्रदेश सांसद सुष्पा भुजेलले किसानहरू चौतर्फी संकटबाट घेरिएको र तिनीहरूलाई सहयोग गर्न सरकारले पहल गर्नुपर्ने बताएकी छिन् ।
‘लम्की स्किन रोगका कारण पशुहरू भटाभट मरिरहेका छन्, एउटा पशु मर्दा सरदर एक लाख किसानको क्षति हुन्छ, त्यसमा सरकारले सहयोग नगर्दा किसानको उठ्नै नसक्ने गरी ढाड भाँचिन्छ’, सुष्पाले बताइन् ।
सुष्पाको जोड छ, ‘एकातिर किसानले पशु रोगका कारण समस्या झेलिरहेका बेला सिन्धुली लगायत बागमती प्रदेशका धेरै ठाउँमा मलखाद पनि कालाबजारीमा किन्नुपर्ने बाध्यताले निकै अप्ठ्यारो छ, कालाबजारीको तत्काल नियन्त्रण जरूरी छ ।’
किसानका जल्दाबल्दा समस्याका बारेमा सुष्पाले शुक्रबारको सदनमा पनि निकै व्यवस्थित रूपमा राखेकी थिइन ।
तपाईको प्रतिक्रिया दिनुहोस