Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियडा. मिनेन्द्र रिजालले भारतीय च्यानलमा लिएको जिकिर सही साबित, भारतीय च्यानलहरूलाई माफी माग्न निर्देश

डा. मिनेन्द्र रिजालले भारतीय च्यानलमा लिएको जिकिर सही साबित, भारतीय च्यानलहरूलाई माफी माग्न निर्देश


काठमाडौ । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले आफूलाई बहसमा बोलाएर भनाइ राख्न नदिएको भनी लिएको जिकिरलाई भारतको एक नियामक निकायले सही साबित गरेको छ ।

भारतीय टेलिभिजन समाचार च्यानलहरूको स्वतन्त्र संस्था ‘न्युज ब्रडकास्टिङ स्यान्डर्डस अथरिटी(एनबिएसए)ले स्व नियमन र आचार सहिताको पालना नगरेका केही प्रमुख टेलिभिजन च्यानलहरूका नाममा माफी माग्ने आदेश सहितको सूचना जारी गरेको छ ।

एनबिएसएले ती च्यानलहरूलाई २७ अक्टोबर राति ९ बजे माफी माग्न निर्देशन दिएको हो ।

एनबिएसएले टाइम्स नाउमा ६ अप्रिलमा प्रसारित कार्यक्रममा सहभागी संयुक्ता बसुको गलत छवि प्रस्तुत गर्न खोजेको र उनलाई कार्यक्रममा आफ्नो पक्ष राख्न अवसर नदिएकोले माफी माग्न भनेको हो ।

सो कार्यक्रममा बसुलाई हिन्दु विरोधी, भारतीय फौज विरोधी र राहुल गान्धीकी ट्रोल आर्मीको सदस्य भनी प्रस्तुत गरिएको र उनलाई आफ्नो पक्ष राख्न नदिएको एनबिएसएको सूचनामा जनाइएको बिबिसी हिन्दीले उल्लेख गरेको छ ।

च्यानलले निष्पक्षताको पालन नगरेकाले माफी माग्नुपर्ने जनाइएको छ ।

साथै युट्युब लगायत अन्य सोसल मिडियामामा त्यो पुरानो कार्यक्रम अझ उपलब्ध भए त्यसलाई त्यहाँबाट आगामी सात दिन भित्र हटाउन समेत आदेश दिएको छ ।

ढिला गरी आएको आदेश प्रति बसुले खुशी व्यक्त गरेकी छिन । बसुले सर्वोच्च अदालतमा उजुरी लिएर गएको जनाउँदै ढिलै भएपनि यो फैसला स्वागत योग्य रहेको जनाएकी छिन ।

यसअघि गत शुक्रबार एनबिएसएले अन्य सदस्य च्यानलहरूमा आज तक, जी न्युज, न्युज २४, एबिपी न्यु र इन्डिया टेलिभिजनले दिवगंत अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको विषयमा समाचारलाई सनसनीखेज, दोषपूर्ण र असंवेदनशील रिपोर्टिङ गरेकाले उनीहरू विरूद्ध सूचना जारी गरेको थियो ।

आजतक च्यानलले अभिनेता राजपूतको शवलाई टेलिभिजनमा प्रस्तुत गर्न, गलत टिवट गर्न र उनको परिवारको व्यक्तिगत मामिलाको ध्यान नदिएर आचारसंहिता उल्लंघन गरी कार्यक्रम प्रस्तुत गरेकोमा आजतकलाई २७ अक्टोबर,२९ अक्टोबर र ३० अक्टोबर तीन पटक माफी माग्न भनिएको छ । साथै एक लाख रूपियाँको जरिवाना पनि तोकेको छ । एनबिएसएका अध्यक्ष सेवा निवृत न्यायाधीश एके सिकरीले प्राप्त उजुरी उपर निर्णय लिएका हुन ।

स्व नियमनको पालना नभए अदालतले पहल गर्न सक्ने समेत जनाएको छ । यसो गर्न अदालतसँग पर्याप्त शक्ति रहेको पनि जनाइएको छ ।
कालापानी लिम्पियाधुरासम्बन्धी विषयमा अतिथिको रूपमा बोलाइएका डा. रिजाललाई पनि बसुजस्तो व्यवहार गर्दा उनले आफूलाई बोल्न दिन पर्ने जिकिर लिएका थिए ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #breaking