Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशकोरोना अस्पताल निर्माणका लागि निःशुल्क घर उपलब्ध

कोरोना अस्पताल निर्माणका लागि निःशुल्क घर उपलब्ध


धादिङ, ९० कात्तिक । कोभिड अस्पताल निर्माणका लागि धादिङको नेत्रावती डब्जोङ गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष डम्बरबहादुर अधिकारीले आफ्नो घर निःशुल्क उपलब्ध गराएका छन् ।

अस्पताल सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार नबनेको अवस्थामा २० बेड राख्न पुग्ने क्षमताको आफ्नो घर अधिकारीले निशुल्क उपलब्ध गराएका हुन् । उक्त घरमा हाल पाँच बेड राखेर नेत्रावती डब्जोङ गाउँपालिकाले पालिका स्तरीय कोभिड–१९ अस्थायी अस्पताल सञ्चालन गरेको स्वास्थ्य संयोजक बद्री पौडेलले जानकारी दिएका छन् ।

गाउँपालिकामा संक्रमितको दर बढ्दै गएमा बेड थप्दै जाने र उक्त स्थानमा कम्तीमा २० बेडको आईशोलेशन निर्माण गरिने निर्णय भएको स्वास्थ्य संयोजक पौडेलले जानकारी दिए ।

अस्पतालमा एक चिकित्सक, दुई नर्स र एक कार्यालय सहयोगीको व्यवस्था भएको र हाल दुई नर्स नियुत्ति गरिसकेको र एक चिकित्सकको दरबन्दी रिक्त रहेको पौडेलले जानकारी दिए।


क्याटेगोरी : समाचार, स्वास्थ्य, बाग्मती प्रदेश
ट्याग : #Corona