Techie IT
  • २०८० फागुन २०, आइतबार

काठमाडौंको गैह्रीगाउँमा एकैपरिवारका तीनसहित चार जनाको हत्या, अनुसन्धान चल्दै


काठमाडौं । काठमाडौंको तीनकुने गैह्रीगाउँमा चार जनाको शव फेला परेको छ । दिव्य फर्निचर मिलभित्र एकै परिवारका तीनसहित चार जनाको शव भेटिएको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा चार वटा शव फेला परेको हो ।

हत्या हुनेमा दुई महिला र दुई पुरुष रहेका छन् । दोलखा घर भएका कुमार भुजेल, उहाँकी श्रीमती शुभद्रा र कुमारकी आमा सुमित्रा भुजेल तथा मोरङ घर भएका नवीन राईको शव भेटिएको प्रहरीले जनाएको छ ।

अहिले घटनास्थलमा प्रहरी परिचालन गरी थप अनुसन्धान भइरहेको पनि उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक मैनालीले जानकारी दिए ।

घटनाको अनुसन्धानका लागि तालिमप्राप्त प्रहरी र कुकुरको समेत परिचालन गरिएको छ । घटना राति १२ बजेतिर भएको हुन सक्ने अनुमान गरिएको छ ।    

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट