गृहपृष्ठ ∕
समाचार ∕
आज महानवमी पर्व, हर्षोल्लासका साथ दुर्गा भवानीको आराधना गरी मनाइँदै
आज महानवमी पर्व, हर्षोल्लासका साथ दुर्गा भवानीको आराधना गरी मनाइँदै
काठमाण्डौ, ९ कात्तिक । आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ ।
महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगेर चढाइन्छ । दशैँघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा दुर्गा भवानीको विशेष पूजा हुन्छ ।
महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा पनि गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ ।
यसैबीच, हनुमानढोका दरबारमा रहेको वर्षमा एक पटक महानवमीका दिनमात्र खुल्ने तलेजु भवानीको मन्दिर यो वर्ष कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण नखोलिने भएको छ । वर्षमा एक दिनमात्र खुल्ने तलेजु भवानीको मन्दिर हरेक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिनमात्र खुल्ने परम्परा छ ।
क्याटेगोरी :
समाचार
ट्याग : #breaking,
#hot