Techie IT
×
गृहपृष्ठसमाचारकोरोना भाइरसका दुई हजार २२५ जना सङ्क्रमित थपिए

कोरोना भाइरसका दुई हजार २२५ जना सङ्क्रमित थपिए


काठमाडौं, ८ कात्तिक। नेपालमा कोरोना भाइरसका दुई हजार २२५ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३ हजार ८४६ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा १३ हजार ८४६ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार २२५ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको हो । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ५५ हजार २३३ पुगेको छ । हाल ४६ ह्जार ५७ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा दुई हजार ८४६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म एक लाख आठ हजार ३३४ सङ्क्रमित निको भएर घर फर्केका छन् । त्यसैगरी, पछिल्लो चौबीस घण्टामा १३ जना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ८४२ पुगेको छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #breaking, #Corona