रेसुङ्गा विमानस्थलमा तीन महिना पछि जहाज अवतरण

तम्घास, २९ भदौ । । गुल्मीको रेसुङ्गा विमानस्थलमा तीन महिना पछि शुक्रवार जहाज आएको छ । पटक पटक मौसम खराबीको कारण भन्दै उडान स्थगित गरेको नेपाल एयरलाइन्सले नियमित उडान सुरु गरेको तीन महिनापछि शुक्रवार उडान भरेको हो ।
काठमाडौँबाट गुल्मीका लागि ११ जना र गुल्मीबाट काठमाडौँका लागि तीन जना यात्रु रहेका थिए । आज शुक्रवार मौसम सफा रहेको र यात्रु न्यून रहँदा पनि उडान भरेको रेसुङ्गा विमानस्थलका स्टेसन प्रमुख सुमन थापाले जानकारी दिए ।
मौसम खराबीका कारण भन्दै असार पहिलो हप्ताबाट उडान नभरेको विमानले मौसम सफा रहेमा नियमित उडान भर्ने थापाले बताए । नेपाल एयरलाइन्सको विमानले प्रत्येक हप्ताको शुक्रवार बिहान साढे छ बजे काडमाडौंबाट र रेसुङ्गाबाट काठमाडौँका लागि ७:४० मा उडान भर्ने गरी समय निर्धारण गरेको छ ।
काठमाडौँबाट रेसुङ्गाका लागि ६ हजार पाँच सय र रेसुङ्गाबाट काठमाडौँका लागि ६ हजार तीन सय भाडा निर्धारण गरेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस