भारतले कोरोना भाइरस विरुद्धको खोप अर्को वर्षको जुनसम्म ल्याउने दाबी
काठमाण्डौ, ८ काीत्तक । भारतमा कोरोना भाइरस विरुद्धको खोप बनाइरहेको कम्पनीले अर्को वर्षको जुन महिनासम्ममा खोप बजारमा ल्याउने दाबी गरेको छ ।
इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चको नेशनल इन्स्टिच्यूट अफ भाइरोलोजीसँग मिलेर बनाइरहेको कोरोना भाइरस विरुद्धको खोप बनाइरहेको कम्पनी भारत बायोटेकले आउँदो वर्षको जुन महिनासम्ममा खोप उपलब्ध गराउने बताएको हो । कम्पनीका शीर्ष अधिकारीले भारत सरकारले आपत्कालिन अनुमति दिएर पहिले नै खोपको उद्घाटन नगरे जुन महिनासम्ममा उपलब्ध गराउने बताएका भारतीय संचार माध्यमले जनाएका छन् ।
भारत बायोटेकले देशको १२ देखि १५ राज्यका २० हजार स्वयंसेवकमा कोरोना भाइरस विरुद्धको खोपको परीक्षण गर्ने बताएको खबरमा उल्लेख छ । कोरोना भाइरसको संक्रमित धेरै भएको देशको सूचीमा भारत, दोस्रो स्थानमा छ । भारतमा अहिलेसम्म ७८ लाख १४ हजारमा कोरोना पुष्टि भएकोमा ७० लाख १६ हजार निको भएका छन् । १ लाख १७ हजारको भने ज्यान गएको छ ।
भारतमा आज मात्रै एक हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ ।
क्याटेगोरी :
अन्तर्राष्ट्रिय,
समाचार,
स्वास्थ्य
ट्याग : #breaking,
#Corona,
#corona vaccine