बाबुराम भट्टराई दम्पत्तीलाई कोरोना संक्रमण पुष्टि
काठमाडौं, ८ कात्तिक । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई दम्पत्तीलाई कोरोना संक्रमण भएको छ ।
भट्टराईले आफुहरु दुबै जनालाई कोरोना संक्रमण भएको पुष्टि गरे । उनले शनिबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘हिसिला र म दुबैलाई कोरोनाको संक्रमण पुष्टी भएको छ। चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमै रहनेछौं, पछिल्ला दिनहरूमा हाम्रो निकट सम्पर्कमा रहनुभएका सबैले विशेष सतर्कता अपनाउनु हुन हार्दिक अनुरोध छ ।’
क्याटेगोरी :
समाचार
ट्याग : #breaking,
#Corona,
#hot