Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियवीच्याट एप स्टोरमा बन्देज लगाउने सरकारको आग्रह अदालतद्वारा अस्विकार

वीच्याट एप स्टोरमा बन्देज लगाउने सरकारको आग्रह अदालतद्वारा अस्विकार


काठमाडौ । अमेरिकी सरकारले चिनियाा स्वामित्वमा रहेको वीच्याट एप स्टोरलाई कालोसूचीमा राख्न पाउने अनुमतिको आग्रहलाई अमेरिकाको संघीय अदालतका एक न्यायाधीशले अस्विकार गरेका छन ।

वीच्याट एप स्टोरमा बन्देज लगाउनाले उपभोक्ताको अभिव्यक्ति स्वतन्त्रताको उललंघन हुने तर्क गर्दै न्यायाधीशले यो अनुमति दिन अस्विकार गरेका हुन ।

मजिस्ट्रेट न्यायाधीश लाउरेल बीलेरले अमेरिकाको न्याय विभागद्वारा वीच्याटमा प्रतिबन्ध लगाउन पाउने आदेशको आग्रहलाई अस्विकार गरेका हुन । उनले यसअघि गरिएको फैसलामा आफ्नो अडान दोह¥याएका छन ।

अमेरिकी सरकारले यो राष्ट्रिय सुरक्षाको प्रश्न भएको भन्दै यस्तो आग्रह गरेको थियो । चिनियाँ भाषा बोल्ने चिनियाँ अमेरिकी समुदायका लागि बोल्न पाउने वैकल्पिक एप नभएकोले यसमा प्रतिबन्ध लगाउन नमिल्ने उनले तर्क गरेका छन । साथै यो विषय विशेष विषयवस्तुको आधारमा हुने विषय भएकोले यसलाई प्रतिबन्ध लगाउन नहुने उनले जनाए ।

अमेकिरी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्टमा चिनियाँ एप वीच्याट र टिकटकले राष्ट्रिय सुरक्षाका लागि खतरा भएको भन्दै प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।

न्यायाधीश बीलेरले गत महिना फैसला गरेका थिए । तर अमेरिकाको न्याय विभागले शुक्रबार फेरि त्यस्तो आग्रह लिएर जाँदा उनले त्यो अनुमति दिन अस्विकार गरेका हुन ।

यो प्रतिबन्ध अझ नोभेम्बर १२ देखि लागु हुने भएको छ ।ट्रम्पको प्रतिबन्ध लगाउने आदेशको विरूद्धमा टिकटकका माउ कम्पनी बाइटडान्सले अझ थप कानुनी प्रक्रिया अगाडि बढाउने बताएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थ, राजनीति, समाचार
ट्याग : #breaking