Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियसुडान र इजरालबीच सम्बन्ध स्थापित हुने सहमतिको ट्रम्पद्वारा घोषणा

सुडान र इजरालबीच सम्बन्ध स्थापित हुने सहमतिको ट्रम्पद्वारा घोषणा


काठमाडौ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अरब लिगका देशहरूमा सुडानले इजरायलसँग् सम्बन्ध स्थापित गर्ने भएको घोषणा गरेका छन ।

ट्रम्पले आतंकवादलाई सहयोग पु-याउने देशहरूको अमेरिकी सूचीबाट सुडानलाई हटाएर आर्थिक अनुदान तथा लगानीमाथि लगाएको बन्देज फुकुवा गरेका छन ।

यो सम्झौतको घोषणा गर्दै राष्ट्रपति ट्रम्पले कम्तीमा अझ पाँच थप अरब देशहरू इजरायलसँग शान्ति सम्झौता गर्न चाहेको खुलाएका छन ।

संयुक्त अरब इमिरेटस र बहराइनले इजरायलसँग सम्बन्ध स्थापित गरेयताका केही सातामा सुडानसँगको शान्ति सम्झौता हुन लागेको हो । २६ वर्षमा मध्यपूर्वका दुई देशहरूले इजरायलाई मान्यता दिन पुगेका हुन ।

जोर्डनले इजरायलसँग १९९४मा र सन् १९७९मा इजिप्टले इजरायलसँग शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए । मउरिसानियाले सन् २००९मा इजरायलसँग भएको सम्बन्ध १० वर्ष पछि बिच्छेद भएको थियो ।

इजरायललाई औपचारिकरूपमा मान्यता दिने अरब देशहरूको प्यालेस्टिनले गद्दारी गरेको आरोप लगाइ भत्र्सना गरेको छ ।

ऐतिहासिकरूपमा अबर देशहरूले १९६७मा इजरालले कब्जा गरेको प्यालेस्टिनी भूमि फिर्ता गर्नुपर्ने र पूर्वी जेरुसलमामा प्यालेस्टिनको राजधानी बनाउन दिनुपर्ने शर्त पूरा भए इजरायलसँग शान्ति सम्झौता गर्ने शर्त राखेका थिए ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शान्ति सम्झौतामा यो नयाँ युगको शुरूवात भनी टिप्पणी गरेका छन ।

अब इजरायली र सुडानी प्रतिनिधिहरूबीच आपसी व्यापार तथा कृषि सम्बन्धका बारेमा छलफल गर्ने नेतान्याहुले बताए ।

सुडानी प्रधानमन्त्री अब्दालाल हाम्दोकले आतंकवादीको सूचीबाट अमेरिकाले सुडानलाई हटाएकोमा राष्ट्रपति ट्रम्पप्रति आभार प्रकट गरे ।

ट्रम्पले साउदी अरबको सम्बन्ध इजरायलसँग सुधार हुने अपेक्षा व्यक्त गरे ।

यसैबीच युएईलाई सैन्य सामान बिक्री गर्ने अमेरिकी योजनाको विरोध इजरायलले नगर्ने जनाएको छ । युएईले इजरायलसँग सम्बन्ध बनाएपछि अमेरिकासँग एफ–३५ लडाकु जेट विमान किन्ने योजनालाई अमेरिकाले सहमति जनाएको छ ।

इजरायलको स्थापना १९४८मा भएदेखि सुडानको शत्रुता रही आएको थियो ।

इजरायलसँग सन् १९४८मा र १९६७मा सुडानले युद्ध गरेर प्यालेस्टिनी छापामारहरूलाई आश्रय दिएको थियो । साथै इरानी हतियारर प्यालेस्टिनी लडाकुहरूसम्म पठाउन सुडानले सहयोग गरेको थियो ।

सुडानका सेनाले सत्तामा प्रभाव जमाएपछि अमेरिकासँग सम्बन्ध सुधार गर्न र आर्थिक नाकाबन्दी हटाउन इजरायसँगको सम्बन्ध बनाउने प्रयासलाई सहयोग गरेको हो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, राजनीति, समाचार
ट्याग : #breaking