Techie IT
×
गृहपृष्ठसमाचारप्रधानमन्त्री ओली–’रअ’ प्रमुखबीचको भेटले राष्ट्रिय सुरक्षामा चुनौती देखायो : गगन थापा

प्रधानमन्त्री ओली–’रअ’ प्रमुखबीचको भेटले राष्ट्रिय सुरक्षामा चुनौती देखायो : गगन थापा


काठमाण्डौ, ७ कात्तिक । नेपाली कांग्रेसका नेता एवम् सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलबीचको भेट आपत्तिजनक भएको बताएका छन् ।

सांसद थापाले शुक्रबार विज्ञप्ति निकालेर प्रधानमन्त्रीले भारतीय गुप्तचर संस्थाका प्रमुखलाई भेट्नु कुटनीतिक मर्यादाको उल्लङ्घनका साथै राष्ट्रिय सुरक्षामा नै चुनौती देखाएको बताएका हुन् ।

परराष्ट्र मन्त्रालय र राष्ट्रिय अनुसन्धान विभागको अनुपस्थितिमा विदेशी गुप्तचरसँग भएको भेटघाटले प्रधानमन्त्रीबाट नै राष्ट्रिय सुरक्षामा थ्रेट देखिएको थापाले निकालेको विज्ञप्तिमा भनिएको छ । केही बुद्धिजीवीहरुले प्रधानमन्त्री र गोयलबीचको भेटघाटको बचाउ समेत गरेको भन्दै थापाले राष्ट्रिय सुरक्षाका विषयमा यस्तो भनेको देख्दा अचम्म लागेको बताएका छन् ।

नेपाल–भारतबीच विवादका विषयमा छलफल हुनुपर्नेमा कसैको विमति नरहेको तर प्रक्रिया र कुटनीतिक पद्धतिअनुसार हुने र हुनुपर्ने थापाको भनाइ छ । बुधबार नेपाल आउनुभएका ुरअु का प्रमुख गोयल बुधबार राति प्रधानमन्त्रीलाई भेटेर बिहीबार बिहान भारत फर्किएका थिए ।

गोयलसँग प्रधानमन्त्रीको भेटलाई लिएर सत्तारुढ नेकपाभित्रै पनि आलोचना भइरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot