Techie IT
×
गृहपृष्ठप्रदेशमधेस प्रदेश‘प्रहरी हुँ’ भन्दै ठगी गर्ने दुईजना पक्राउ

‘प्रहरी हुँ’ भन्दै ठगी गर्ने दुईजना पक्राउ


जलेश्वर, कात्तिक ७ गते । प्रहरी भनि सर्वसाधारणसँग ‘प्रहरी हुँ’ भन्दै ठगी गर्ने दुई जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।

‘प्रहरी हुँ’ भनेर सर्वसाधारणसँग जवरजस्ती रकम तथा मोबाइल लिई रहेको सूचनाको आधारमा मटिहानी प्रहरी चौकीबाट खटेका प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

यसरी पक्राउ पर्नेमा जिल्लाको मनरासिश्वा नगरपालिका वडा नं। २ बस्ने वर्ष ३६ को प्रकाश कुमार सिंह र धनुषा जनकपुर उपमहानगरपालिका वडा नं.४ बस्ने वर्ष ३७ को सन्दिप कुमार राउत रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जानकारी दिए ।

मटिहानी नगरपालिका वडानं. ८ बाट दुवैलाई पक्राउ गरि थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको जानकारी दिँदै प्रहरी नायव उपरिक्षक विष्टले भने ,‘पक्राउ गरिएका उनीहरुको साथबाट मोबाइल र पाँच हजार नगद बरामद भएको छ ।’

स्थानीयबासीहरुले प्रहरी भन्दै आफुहरुको सैमसंगको मोबाइल र पाँच हजार नगद लिएको जानकारी गराएपछि चेकजाँच गर्दा उनीहरुबाट सो बरामद भएको थियो ।


क्याटेगोरी : समाचार, मधेस प्रदेश