Techie IT
×
गृहपृष्ठसमाचारइन्टरमोडल यातायात विकास समितिको निर्देशकमा आशीष गजुरेल नियुक्त

इन्टरमोडल यातायात विकास समितिको निर्देशकमा आशीष गजुरेल नियुक्त


काठमाडौं, ७ कात्तिक । सरकारले नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशकमा सिन्धुलीका आशीष गजुरेललाई नियुक्त गरेको छ ।

कात्तिक ४ गते बसेको मन्त्रिपरिषद् बैठकले ट्राफिक इन्जिनियर गजुरेललाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालया बिहीबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । इन्टरमोडल समितिले वैदेशिक व्यापारलाई सहजीकरण गर्ने काम गर्छ भने एकीकृत जाँच चौकी, सुख्खा बन्दरगाह निर्माण, सञ्चालन एवं यवस्थापनको काम गर्छ ।

सरकारले कार्यकारी निर्देशकका लागि असार १७ गते दरखास्त आह्वान गरेको थियो । खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक बनेका गजुरेल लगानी बोर्डका परामर्शदाता र बेल्ट एण्ड रोड इन्टरनेसनल ट्रान्सपोर्ट अलायन्स (ब्रिटा) का सहमहासचिव समेत हुन् ।


क्याटेगोरी : समाचार