अमेरिकाद्वारा रेमडिसिभिरलाई कोभिड उपचारमा पूरा अनुमति
काठमाडौ । अमेरिकाको नियामक निकायहरूले भाइरलप्रतिरोधी औषधि रेमडिसिभिरलाई कोभिड–१९का बिरामीहरूको उपचार गर्न पाउने पूर्ण अनुमति दिएका छन ।
अमेरिकाको भोजन तथा औषधिसम्बन्धी नियामक निकाय द फुड एन्ड ड्रग एडमिनिस्ट्रिेशन(एफडिए)ले भेकलरी नाम गरेको रमडिसिभिर औषधिले पाँच दिनको क्लिनिक परीक्षणमा उपचार सुधार अवधि घटाएको जनाएको छ ।
भेकलरी पहिलो उपचार औषधिको अनुमति एफडिएबाट पाएको आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ ।
तर विश्व स्वास्थ्य संगठन डब्लुएचओले गत साता कोभिडका बिरामी बचाउन रेमडिसिभिर असरदार नभएको जनाएको छ ।डब्लुएचओले आफ्नो अध्ययनमा यस्तो नतिजा प्राप्त गरेको जनाएको छ ।
रेमडिसिभिरलाई अमेरिकामा गत मे महिनादेखि आकस्मिकरूपमा प्रयोग गर्न आवश्यक भए प्रयोग गर्न सकिने अनुमति दिइएको थियो । पूर्ण अनुमति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोभिड पजिटिभ भएर निको भएयता यो अनुमति दिइएको हो ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, राजनीति, स्वास्थ्य
ट्याग : #breaking, #hot
प्रतिक्रिया