Techie IT
×
गृहपृष्ठसमाचारगोकुलप्रसाद बाँस्कोटालाई कोरोना सङ्क्रमण

गोकुलप्रसाद बाँस्कोटालाई कोरोना सङ्क्रमण


काठमाण्डौ, ७ कात्तिक । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई कोरोना भाइरस सङ्क्रमण भएको छ ।

पीसीआर परीक्षणका क्रममा बिहीबार धर्मपत्नी तारा मानन्धरसँगै आफूलाई सङ्क्रमण देखिएको उनले जानकारी दिए । नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य बाँस्कोटाले आफूले दश दिनयता कसैलाई नभेटेको र आफूलाई लक्षण नदेखिएको पनि उल्लेख गरे ।


क्याटेगोरी : समाचार