थप २१ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं, ६ असोज । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ सय १२ पुगेको छ । पछिल्लो २४ घन्टाभित्र २१ जनाको संक्रमणबाट मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घन्टामा २१ जनाको संक्रमणबाट मृत्यु भएको हो । आज एकै दिन ३ हजार ६ सय ३७ जना संक्रमित थपिएका छन् ।
क्याटेगोरी :
समाचार
ट्याग : #breaking,
#Corona