Techie IT
×
गृहपृष्ठराजनीतिभारतीय गुप्तचर संस्थाका प्रमुखसँग मेरो भेट भएको छैन : माधव नेपाल

भारतीय गुप्तचर संस्थाका प्रमुखसँग मेरो भेट भएको छैन : माधव नेपाल


काठमाण्डौ, ६ कात्तिक । पूर्वप्रधानमन्त्री नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले आफूले भारतीय गुप्तचर संस्था (रअ)का प्रमुखसँग भेट नभएको बताएका छन् ।

बिहीबार दिउँसो सामाजिक सञ्जाल ट्विटर नेता नेपालले यसबारेमा प्रष्ट पारेका हुन् । कतिपय सञ्चारमाध्यममा माधवकुमार नेपाल र रअका प्रमुखबीच भेट भएको भनी आएका खबरमा सत्यता नभएको उनले बताएका हुन् ।

उनले ट्विटरमा लेखेका छन् ‘म र रअका प्रमुखबीच भेट भएको भनी कतिपय सञ्चारमाध्यममा झुट, कपोकल्पित र भ्रामक समाचारहरु प्रकाशित भएकोमा त्यसको खण्डन गर्दै यस प्रकारका समाचारहरुको भ्रममा नपर्न सम्बन्धित सबैमा अनुरोध छ ।’


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking