Techie IT
×
गृहपृष्ठराजनीतिरअ प्रमुखले प्रधानमन्त्रीलाई भेटेको पुस्टि

रअ प्रमुखले प्रधानमन्त्रीलाई भेटेको पुस्टि


काठमाडौँ । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले खुल्ला नेपाल आएर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको पुष्टि उनको सचिवालयले गरेको छ ।

प्रम ओलीका प्रेस सल्लाहकार सूर्य थापाले विज्ञप्ति जारी गर्दै शिष्टाचार भेट भएको सार्वजनिक गरेका छन् ।

उनले भनेका छन्, ‘रअ का प्रमुख सामन्तकुमार गोयलले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ। उहाँ भेटको लागि बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आउनुभएको थियो।’

भेटका क्रममा ओली र गोयलबीच नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा कुराकानी भएको थापाले जानकारी दिए। गोयल बुधबार दिउँसो काठमाडौँ आएर २१ घण्टापछि बिहीबार बिहान फर्किएका छन्।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #hot